२०८३ जेष्ठ २४ गते , आईतबार
दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु
झापाको दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवादमा हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा परी गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले जानकारी । घटना आज दिउँसो ४ बजे भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प