२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा श्रीमतीको कट्टी प्रहारबाट श्रीमान घाइते
झापाको बाह्रदशी– ६ बिहीबारे बजारमा श्रीमतीले श्रीमानलाई कट्टी प्रहार गरी सख्त घाइते बनाएकी छन् । आज बिहान सवा १० बजे ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गरी ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बूलाई घाइते बनाएकी हुन् ।
घरायसी विवादमा विद्यादेवीले कट्टी हानेको बताइएको छ । हतियार प्रहारबाट टाउकोमा चोट लागेका घाइते ज्ञानेन्द्रलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । श्रीमानलाई कट्टी हान्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प