२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा हत्या भएको हल्लाले मच्चियो सनसनी
बिर्तामोडमा एक व्यक्तिलाई मारेर फ्यालिदिएको भन्ने हल्लाले सोमबार सनसनी मच्चियो । बिर्तामोड रामचोकमा रहेको नालामा एक व्यक्तिलाई मारेर फ्यालिदिएको भन्ने हल्ला एक जना महिलाले गरेपछि हेर्नका लागि स्थानीय व्यक्तिहरू भेला मात्र भएनन् , प्रहरीलाई हत्या गरिएको भनिएका व्यक्तिको शव खोज्न हैरान पर्यो । आखिर न शव भेटियो न कसैको हत्या भएको पुष्टि भयो ।
हत्या भएको खबर आएपछि आफ्नो नेतृत्वमा प्रहरी टोली गएको र सबैतिर खोज्दा कसैको पनि शव नभेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । प्रहरीले हल्ला गर्ने महिलालाई झिकाएर ठाउँ देखाउन लगाएको थियो । शवको जस्तो झल्को देखेर ती महिलाले अरूलाई भनेको डीएसपी विष्टको भनाई छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प