२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरमा निःशुल्क आँखा शिविर, ११० जनाले गराए परीक्षण

sajilo news
झापा
२०८१ कार्तिक २० गते , मंगलबार
भद्रपुरमा निःशुल्क आँखा शिविर, ११० जनाले गराए परीक्षण

भद्रपुर । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा एक सय १० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित ८औं श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा एक सय १० जना आँखा परीक्षण गराएको पूजा समितिका संयोजक विजय साहाले जानकारी दिए ।  

त्यसमध्ये १२ जनालाई मोतिया बिन्दु देखिएको, २२ जनालाई चश्मा र निःशुल्क औषधि वितरण गरिएको उनले बताए । आँखा अस्पतालका तर्फबाट नीरज दाहाल, नेत्र श्याक, दुर्गा राजवंशी, रञ्जित सुनार, प्रमिला पौडेल, आकृति पौडेल, अनीश बराल, सरस्वती राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्लबले यस पटक भारतमा रहेको केदारनाथ मन्दिर आकृतिमा पण्डाल बनाएका थिए । सोमबार साँझ भारतीय कलाकार तथा स्थानीय कलाकारहरूले साङ्गीतिक कार्यक्रममा प्रस्तुति जनाएका थिए । साँझ भक्तजनहरूको घुइँचो नै लागेको समितिका निर्मल घोषले जानकारी दिए । उनले पूजालाई भव्य रुपमा सफल बनाउने सहयोगी हातहरूलाई धन्यवाद समेत दिएका छन् । 

सम्बन्धित समाचार