त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति सुनसहित चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू पक्राउ परेका हुन्।
उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए। उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको थापाले जानकारी दिए।
थापाले भने, 'पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।'
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प