२०८३ जेष्ठ २४ गते , आईतबार
पाँचथरकी धनमायाले सिक्कलले रेटिन् घाँटी
पाँचथरको फाल्गुनन्द –३ पौवासारतापका ३६ वर्षीया धनमाया राई (नेम्बाङ) ले आफैले सिक्कलले घाँटी रेटेकी छन् । हिजो बिहान अन्दाजी १० बजे सागर नेम्बाङकी श्रीमती धनमायाले आफ्नै घरको किचनमा काम गर्दै गरेको अवस्थामा सिक्कल प्रयोग गरी आफैले घाँटी रेटेकी हुन् । गम्भीर घाइतेलाई जिल्ला अस्पताल इलाम ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प