२०८३ जेष्ठ २४ गते , आईतबार
मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने एकजना पक्राउ
भारतबाट मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदा फेरि एकजना पक्राउ परेका छन् । आज दिउँसो ३.३० बजे पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका भारतको सिक्किम, सिंगेथान ठेगाना भई हाल मोरङ पथरी शनिश्चरे नगरपालिका- ८ बस्ने २१ वर्षीय विक्रम क्षेत्रीलाई लागू औषधसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा प्लास्टिकमा पोका पारी मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्लास्टिकसहित १० ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिई क्षेत्रीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प