झापामा स्रोत नखुलेको ५ लाख ३४ हजार नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ
झापामा स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज बिहान १०ः०५ बजे झापा गाउँपालिका–२ टाँघनडुब्बास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा प्र१–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज डिघलबैङ्क ग्रामपंचायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ५लाख ३४ हजार नेपाली रुपैयाँ फेला परेको थियो ।
मोटरसाइकल र रकमसहित आलमलाई नियन्त्रणमा लिई बिओपी टाँघनडुब्बामा राखिएको छ । उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्टले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प