झापाको बाह्रदशीमा नगदसहित ७ जना जुवाडे पक्राउ
झापाको बाह्रदशीमा तास खेलिरहेको अवस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ः१५ बजे बाह्रदशी गाउँपालिका-५ फूलबारीका अन्दाजी ४२ वर्षीय धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यसक्रममा नगद ८४ हजार ६७० रुपैयाँ, ३ थान मोबाइल फोन र १४ बुङ तास फेला परेको थियो । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-५ का घरधनी धर्मेन्द्र साह, वडा- ४ का अन्दाजी ३९ वर्षीय भुजकर आलम, सोही वडाका ३६ वर्षीय भोला सहनी, ३९ वर्षीय कमल देवनाथ गणेश, वडा- ५ का अन्दाजी ४५ वर्षीय तजयमुल हुसेन, हल्दिबारी गाउँपालिका-१ का अन्दाजी ३४ वर्षीय सरल राई र सोही ठाउँका अन्दाजी ५७ वर्षीय जगदीश चौधरी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प