२०८३ जेष्ठ २४ गते , आईतबार
काठमाडौँमा छोरा-छोरीसहित तीन जना मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा छोराछोरीसहित एक आमा मृत फेला परेकी छन्। गोकर्णेश्विर नगरपालिका-३ कुमारी गाम्छा बस्ने ३३ वर्षीया सीता दंगालसहित तीन जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनकी १५ वर्षीय छोरी अंशु मोक्तान र २ महिनाका छोरा मृत फेला परेका हुन्। उनीहरूको शव घरकै कोठामा फेला परेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
४९ वर्रषीय कान्छा नगरकोटीले गत कात्तिक १६ गते आफ्ना श्रीमती र छोराछोरी हराइरहेको भन्दै बौछ प्रहरीमा निवेदन दिएका थिए। सोही आधारमा खोजतलास गर्दा उनीहरू मृत फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प