२०८३ बैशाख ४ गते , शुक्रबार

कृषिथोक बजार बिर्तामोडमा आयातित ब्रोकाउलीमा अत्यधिक विषादी, उपभोग अयोग्य

sajilo news
झापा
२०८१ मंसीर २ गते , आईतबार
कृषिथोक बजार बिर्तामोडमा आयातित ब्रोकाउलीमा अत्यधिक विषादी, उपभोग अयोग्य

सुनसरीस्थित इनरुवाबाट बिर्तामोडमा आयात गरिएको ब्रोकाउलीमा विषादीको मात्रा उच्च देखिएको छ । आज बिहान विषादी अवशेष विश्लेषणका क्रममा ब्रोकाउली उपभोग अयोग्य भएको हो ।

बिर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले ब्रोकाउलीको विषादी परीक्षण गर्दा विषादीको मात्रा उच्च भएको फेला परेको थियो ।

कृषि थोक बिर्तामोडमा माइला साइला सप्लायर्सले आयात गरेको ब्रोकाउलीमा विषादीको मात्रा ८०।३९ देखिएको प्रयोगशालाले जनाएको छ । विषादीको मात्रा ४५ भन्दा माथि देखिएमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार