२०८३ जेष्ठ २४ गते , आईतबार
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभमाथि मुद्दा नचलाइने
जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेको छ।
मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
अन्य आरोपी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको उनले बताए। जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज, आफैँले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएकोलगायतलाई आधार मानेर मुद्दा नचलाउने निर्णय भएको जनाइएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प