२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा फेरि गौहत्या, लैनाे गाई काटेकाे भन्दै विराेध प्रदर्शन
झापामा फेरि गौहत्या भएको छ । कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको हो । लीला संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको घरमा लगेर गाई काटेका हुन् । उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगेको बताइएको छ । उनले राति नै सो गाई काटेको अनुमान गरिएको छ । ती मुस्लिम फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
घटना पश्चात् गाई काट्नेलाई पक्राउ गरि कारबाहीकाे माग गर्दै श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजकाे नेतृत्वमा विरोध प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प