२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको अर्जुनधारामा पनि गौहत्या, दुई जना पक्राउ
झापाको कनकाईमा गाई काटेर खाएको दुई दिनमै अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९.४५ बजे दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् ।
उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि मङ्गलवार कनकाई ३ टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प