२०८१ मंसीर २१ गते , शुक्रबार

गिरीबन्धु टी इस्टेटमा कुकर बम राखेर आतङ्क मच्चाउने दुई जना पक्राउ

sajilo news
झापा
२०८१ मंसीर १४ गते , शुक्रबार
गिरीबन्धु टी इस्टेटमा कुकर बम राखेर आतङ्क मच्चाउने दुई जना पक्राउ

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया उद्योग अगाडि कुकर बम राखेर आतङ्क मच्चाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका– ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट बुधवार पक्राउ गरिएको डीएसपी चन्दले बताए । 

उनीहरूले नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नामबाट गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टी स्टेट प्रा.ली.को पश्चिम पर्खालनजिकै क्षति पु¥याउने उद्देश्यले कुकर बम राखेका थिए । प्रहरीले घटनास्थलबाट गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चासमेत फेला पारेका थिए । 

उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर झापा जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए । 

 

 

सम्बन्धित समाचार