२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा स्रोत नखुलेको नगद ५ लाख ५० हजार बरामद
झापा । झापामा स्रोत नखुलेको नगद ५ लाख ५० हजार सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी पन्थापाडाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा आज बिहान अन्दाजी साढे १०। बजे झापा गाउँपालिका- ५ स्थित खाताबस्तीको पुल नजिकैबाट सो रकम बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई शङ्का लागि चेकजाँच गर्न खोज्दा उनी ब्याग फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ। सो ब्याग खोलेर हेर्दा नगद ५ लाख ५० हजार नेपाली रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमा एक हजारका नोट ३०८ थान र पाँच सयका नोट ४८४ थान रहेको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प