२०८३ बैशाख १० गते , विहीबार

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

sajilo news
काठमाडौं
२०८१ मंसीर १७ गते , सोमबार
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन्। उनले ५ हजार ३ सय ३४ मत ल्याए विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याएका छन्।  उनी ७ सय ७९ मतान्तरले विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए।

सम्बन्धित समाचार