२०८३ जेष्ठ २४ गते , आईतबार
धुलाबारी बजारमा पसल फोडेर तीन लाखको कपडा चोरी, दुई जना पक्राउ
मेचीनगर–१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख बराबरको लत्ताकपडा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गर्ने मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने २८ वर्षीय दुखूँ मिया र सोही ठाउँ बस्ने २१ वर्षीय तेजराज विष्ट पक्राउ परेका हुन् ।
सीसी टिभी फुटेजमा उनीहरूको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लत्ताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प