अनलाइनमार्फत ठगी गर्ने झापाका एकसहित तीन पक्राउ
अनलाइनमार्फत ठगी गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-४ महाराजगन्ज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीया मधु तामाङ रहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुट्टा विज्ञापन पोस्ट गरी निवेदकहरूलाई एडभान्स बापतको रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प