२०८१ पौष २९ गते , सोमबार

जमानतमा छुटे अल्लु अर्जुन

sajilo news
झापा
२०८१ मंसीर २९ गते , शनिबार
जमानतमा छुटे अल्लु अर्जुन

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन जमानतमा छुटेका छन्। हैदरावादको सन्ध्या थियटरमा पुष्पा-२ चलचित्रको ‘प्रिमियर सो’को क्रममा भागदौड हुँदा महिलाको मृत्यु भएको घटनामा शुक्रबार पक्राउ परेका अल्लुलाई तेलांगना उच्च अदालतले जमानतमा रिहा गरेको हो।

यसअघि उनलाई हैदरावादको अदालतले १४ दिनका लागि न्यायिक हिरासत पठाउन आदेश दिएको थियो। हैदरावादको आदेशविरूद्ध अल्लुका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए। त्यसबारे शुक्रबार नै तेलांगना उच्च अदालतले अल्लूलाई न्यायिक हिरासत पठाउने आदेश उल्ट्याएर उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

उनलाई जुबली हिलस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। ​उनलाई पक्राउ गरी १४ दिन न्यायिक हिरासतमा पठाउने आदेशको विरोध भारतीय कलाकारदेखि नेतासम्मले जनाएका थिए।

सम्बन्धित समाचार