२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडको नमुना टोलमा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

sajilo news
झापा
२०८१ मंसीर ३० गते , आईतबार
बिर्तामोडको नमुना टोलमा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

बिर्तामोड नगरपालिका-९ स्थित नमुना टोलमा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले रिबन काटेर भवनको उद्घाटन गरिन ।

स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताइन । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईँले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरिन्।

कार्यक्रममा जग्गादाता तोमप्रसाद पाठक र तुलसा पाठकलाई नगर प्रमुख प्रसाईँले खादा लगाएर सम्मान गरिएको थियो ।  वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सङ्गीता सिवा, वडा सदस्य कल्पना राजवंशी, एमाले नेता लक्ष्मी मोते, विष्णुमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार