२०८३ जेष्ठ २४ गते , आईतबार
बैङ्किङ मुद्दाका फरार प्रतिवादी मेचीनगरका शर्मा पक्राउ
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी झापा मेचीनगरका गुञ्जन शर्मा काठमाडौँबाट पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-४ महाराजगन्जमा बस्दै आएका ४२ वर्षीय शर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान अन्दाजी ७ः३० बजे काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ३ ग्राण्डी टावरबाट पक्राउ गरेको हो । उनलाई हिजो साँझ ७ः१० बजे जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
मिति २०७९ चैत १५ गते उच्च अदालत विराटनगर इलाम इजलासले शर्मालाई ८ दिन कैद र ५४ लाख ९४ हजार ९०० रुपैयाँ जरिवाना तोकेको थियो । तर, मिति २०८० जेठ ८ गते पाटन जिल्ला अदालतले एक दिन कैद र १ लाख ८५ हजार रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प