२०८३ बैशाख ४ गते , शुक्रबार

प्रादेशिक अस्पताललाई १० थान मेडिकल टेबल हस्तान्तरण

sajilo news
झापा
२०८१ पौष ६ गते , शनिबार
प्रादेशिक अस्पताललाई १० थान मेडिकल टेबल हस्तान्तरण

भद्रपुरस्थित प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेबल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कुल भद्रपुर- ६ तथा सेन्ट जेभियर्स स्कुल बिर्तामोड- ८ को नाममा ५—५ थान पोटेवल मेडिकल टेबल प्रदान गरेको हो ।

जेसियु सोसाइटीका समन्वयकर्ता गोविन्द कोइरालासँग सहकार्य गरेर प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले अतिआवश्यक देखिएको औषधीसहित उपचारका सामग्री राख्न मिल्ने टेबल आकस्मिक उपचार कक्षका लागि सहयोग जुटाएका हुन् ।
पे्रस क्लबका अध्यक्ष शंकरको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा सम्पन्न हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सर्वसाधारणको उपचार सहज बनाउन आवश्यक बस्तु प्रदान गर्नु मानवीय सेवा भएको बताउँदै अस्पतालको स्तर वृद्धि गर्दै मेडिकल कलेजका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले संसारमै सरकारी स्वामित्वका अस्पताल चुस्त दुरुस्त नभेटिने परम्परा भएपनि नेपालमा सुधार अभियान सञ्चालन हुन थालेकाले प्रादेशिक अस्पतालको मुहार परिवर्तन गर्न नेतृत्व लिने व्यक्ति सफल हुने धारणा राखेका थिए ।

कार्यक्रममा सामग्री बुझ्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले सवैको समान पहुँच हुने तथा स्तरीय उपचार सेवा प्रदान गर्ने निकायका रूपमा अस्पतालको स्वरूप बनाउन आफू लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

सम्बन्धित समाचार