२०८२ माघ ५ गते , सोमबार

‘पूर्ण बहादुरको सारंगी’ ले मनायो ५१ औँ दिन

sajilo news
झापा
२०८१ पौष ६ गते , शनिबार
‘पूर्ण बहादुरको सारंगी’ ले मनायो ५१ औँ दिन

नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ‘पूर्ण बहादुरको सारंगी’ले लगातार सफलता हात पारेको छ । शुक्रबार यो चलचित्रले देशभरका ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाउँदै नयाँ इतिहास रचेको छ । यसअघि कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा यति लामो समयसम्म प्रदर्शन जारी राखेको थिएन ।

सरोज पौडेल निर्देशित यस चलचित्रले बाबुछोराको मार्मिक सम्बन्धलाई पर्दामा उतारेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, बाल कलाकार स्वयं केसीलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन महेश दवाडीले लेखेका हुन् ।
 

सम्बन्धित समाचार