२०८३ जेष्ठ २४ गते , आईतबार
छुरा प्रहारबाट एक युवक घाइते
उदयपुरको त्रियुगा नगरपालिकामा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।
गएराति ११ बजे त्रियुगा नगरपालिका- ११ संगमटोल बोक्से बस्ने २२ वर्षीय राहुल राईले शिवालय टोल बस्ने २४ वर्षीय उज्वल राईलाई छुरा प्रहार गरेका हुन् । राहुलले पुरानो विवादका कारण उज्वलमाथि छुरा प्रहार गर्दा उनको बायाँपट्टि पेटमा चोट लागेको छ ।
घाइतेलाई जिल्ला अस्पताल बोक्से उदयपुरमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ । छुरा प्रहार गर्ने राहुल तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प