२०८३ जेष्ठ २४ गते , आईतबार
बुबा र भाईकाे हत्या गर्ने प्रवीणले गरे प्रहरीमा आत्मसमर्पण
भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ । बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले बताए । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए । प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भनेका छन्, ‘भाइ र बुवालाई मैले हत्या गरेको हुँ ।’
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प