अल्लु अर्जुनले दिए प्रहरीमा बयान, घरमा बिरोधीको ढुँगामुढा
मुम्बई । दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुनको चलचित्र ‘पुष्पा २’ ले यो वर्ष सबै व्यापारमा कीर्तिमान बनाएको छ । तर यी अभिनेता विभिन्न समस्यामा छन् । अभिनेता अल्लु अर्जुनलाई प्रहरीले मंगलवार बयान लिएको छ । दुई साता अघि सन्ध्या चलचित्र घरमा भएको भागदौड मामिलामा एक जना महिलाको ज्यान गएपछि यी अभिनेता गत साता एक रात प्रहरी हिरासतमा पनि बसेका थिए । सोही प्रकरणमा बयान दिन उनी फेरि एकपटक प्रहरी समक्ष जानु परेको हो ।
दुर्घटनामा मृत्यु भएकी महिलाका छोरा अझै कोमामा छन् । त्यसपछि केही व्यक्तिले अल्लु अर्जुनको घर बाहिर सोमबार ढुंगामुढा र तोडफोड गरेका थिए । तर, प्रहरीले केहीलाई पक्राउ गरेको छ । अब यो घटनापछि अल्लु अर्जुनले आफ्नो घरबाट छोराछोरीलाई सुरक्षाका लागि अन्तै सारेको समाचार छ । यस बाहेक जुबली हिल्समा रहेको अभिनेता अल्लु अर्जुनको घरमा पनि प्रहरीले कडा सुरक्षा दिएको छ ।
मिडिया रिपोर्टका अनुसार हैदराबाद पुलिसले अभिनेता अल्लु अर्जुनलाई आइतबार नै बयानको लागि पत्र जारी गरेको थियो । गत ४ डिसेम्बरमा सन्ध्या थिएटरमा भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा अभिनेतालाई बयान लएको चिक्कडपल्ली प्रहरी चौकीले मंगलवार बताएको छ ।
उनी मंगलवार बिहान ११ बजे हैदरावादको चिक्कडपल्ली पुलिस स्टेशनमा पुगेका थिए । उनीसँग सो प्रकरणको वारेमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ । उनी प्रहरी चौकीमा जाँदा त्यहाँ सुरक्षा निकै कडा गरिएको थियो । प्रहरीका अनुसार सोही चौकीमा अल्लु अर्जुन विरुद्ध मुद्दा दर्ता भएको थियो । हाल उनी जमानतमा रिहा भएर बाहिर छन् । अहिले उनको ’boutमा छानबिन चलिरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अल्लु अर्जुनको चलचित्र रिलिज हुनुभन्दा एक दिन अघि सो भागदौड भएको हो । त्यो चलचित्र घरमा आफ्ना परिवारका साथ अभिनेता अल्लु अर्जुन चलचित्र पुष्पा २ हेर्न गएको थिए । उनी हल भित्र भएको बेला बाहिरको भागदौडमा एक महिनाको किचिएर मृत्यु भएको पनि प्रहरीको कथन छ । तर मृतकका आफन्तले यी अभिनेताका कारण महिलाको ज्यान गएको भन्दै ज्यान मुद्धा दायर गरेका छन् । त्यसैले चलचित्र घरमा मच्चिएको भागदौडसँग सम्बन्धित विषयमा नै उनीसँग सोधपुछ गरिएको पनि हैदराबाद प्रहरीले बताएको छ ।