२०८३ बैशाख ४ गते , शुक्रबार

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, ३ जना अस्पताल भर्ना

sajilo news
झापा
२०८१ पौष १४ गते , आईतबार
कुखुराको मासु खाँदा एकजनाको मृत्यु, ३ जना अस्पताल भर्ना

कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ भने ३ जना विरामी परेका छन्। 

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए। 

बयलास्थित तुलासिंह विकको घरमा ल्याएको ब्वाइलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।

मासु खाँदा विकको घरका थप ३ जना विरामी भएका छन्। विरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ। के कति कारणले मृत्यु भएको तथा विरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

सम्बन्धित समाचार