२०८१ माघ २५ गते , शुक्रबार

प्रचण्ड आज झापा आउँदै

sajilo news
झापा
२०८१ पौष १५ गते , सोमबार
प्रचण्ड आज झापा आउँदै

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज झापा आउँदै छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् ।

झापाको कनकाई पुल र आदिवासी जनजाति रङ्गशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका झापा जिल्लाका अध्यक्ष राजु आचार्य (अग्नि) ले जानकारी दिए ।

त्यसैगरी, नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी करिब ७ सय बढीलाई स्वागतसहित कार्ड वितरण गर्ने कार्यक्रम तय गरिएको छ । तमु ल्होसार पर्वको अवसर पारेर गौरीगञ्जमा गाउँ अधिवेशन आयोजना गरेपछि त्यहाँ नव–प्रवेशीलाई समावेश गरेर विभिन्न भातृ सङ्गठनसमेत निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।

निर्माणाधीन अवस्थामा अलपत्र रहेको कनकाई पुलको अवस्थालाई स्थलगत अवलोकन र ज्ञापनपत्र बुझ्ने, दिवा भोजनपछि दमकस्थित आदिवासी जनजाति रङ्गशालाको अवस्थाको स्थलगत अनुगमनसहित ज्ञापन पत्र ग्रहण गर्ने र साँझ काठमाडौँ जाने कार्यक्रम तय गरिएको पार्टीका अध्यक्ष आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार