२०८१ माघ २५ गते , शुक्रबार

प्रतिनिधिसभाको सचिवमा झापाका राई नियुक्त

sajilo news
झापा
२०८१ पौष १६ गते , मंगलबार
प्रतिनिधिसभाको सचिवमा झापाका राई नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, झापा जिल्ला शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

सम्बन्धित समाचार