२०८३ जेष्ठ २४ गते , आईतबार
भद्रपुरमा चोरीका घटना बढ्यो, आँगनबाटै सिटी सफारी चोरी
भद्रपुर । भद्रपुरमा चोरीका घटना बढेको छ । नगर क्षेत्रमा चोरीका घटना बढेसँगै स्थानीय त्रसित बनेका छन् । भद्रपुर नगरपालिका ६ को तेलिभिट्टा नजिकै बस्ने लप्टन भनिने धनबहादुर वनको सिटी सफारी गएराति चोरी भएको छ । घर आँगनमा पार्किङ राखिएको सफारी चोरी भएको जनाइएको छ ।
भद्रपुर- ६ नम्बर वडा सदस्य प्रकाश शर्माका अनुसार तीन दिन भित्रमा भद्रपुर बजार र भानुचोकमा गरी तीन वटा सवारीसाधन चोरी भएको बताएका छन् । एउटा सिटी सफारी, मोटरसाइकल र साइकल चोरी भएको घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको उनको भनाई छ । केही दिन भद्रपुर- १० स्थित साइ मार्ग आसपासबाट एउटा सिटी सफारी चोरी भएको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प