बलात्कार प्रकरण : बिर्तामोडका पूर्वमेयर शिवाकोटीको बयान सकियो, भोलि थुनछेक बहस हुने
घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसंग झापा जिल्ला अदालतमा बयान लिइएको छ ।
आज दिउँसो करिब ३ घण्टा शिवाकोटीसंग बयान लिइएको हो । उनीविरुद्ध शुक्रवार झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो । आज बयानमा नै समय सकिएकाले थुनछेक बहस हुन पाएन । भोलिदेखि बहस शुरु हुने जनाइएको छ । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरूले बहस गर्न लागेका छन् । शिवाकोटीको सो न्यायाधीश नवीनकुमार जोशीको ५ नं इजलासमा परेको छ ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प