२०८३ जेष्ठ २४ गते , आईतबार
व्यवसायी धम्काउने दुर्गा प्रसाईं ३ लाख धरौटीमा रिहा
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन्। नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतहरू र व्यवसायीहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईँ र फुयाँल धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन्। प्रसाईँसहित तीनजनाविरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प