२०८३ जेष्ठ २४ गते , आईतबार
आशिका तामाङलाई पाँच दिन थुनामा राख्न आदेश
आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ । पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो ।
कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो । विरोध प्रदर्शनमा खटिएका प्रहरीलाई समेत उनले गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन् । उनका कार्यशैली विवादमा पनि पर्दै आएका छन्।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प