२०८३ बैशाख ५ गते , शनिबार

आजदेखि बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु

sajilo news
झापा
२०८१ माघ २ गते , बुधबार
आजदेखि बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगर अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसूति (नर्मल डेलिभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो ।

बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बिमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था गरिएको छ ।

नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नि तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरूको दैनिक ओपिडी सेवा उपलब्ध छ । यसैगरी २४ सै घण्टा नर्मल डेलिभरी सेवा, स्वास्थ्य बिमा सेवा, भिडियो एक्स-रे, एक्स-रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ ।

२४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । हाल १५ शय्याको नगर अस्पताललाई स्तरोन्नतिको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ । १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा भवन निर्माणको काम भइरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगर अस्पताल २५ शय्याको हुनेछ ।

सम्बन्धित समाचार