२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा श्रीमतीको धारिलो हतियार प्रहारबाट श्रीमान घाइते
झापामा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् । हिजो साँझ ७ः२५ बजे अर्जुनधारा नगरपालिका- २ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका- ६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी श्रीमती २८ वर्षीया सुमित्रा खत्री (लिम्बू) ले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेकी हुन् ।
टाउको र हातमा हतियार प्रहारबाट घाइते भएका अमरलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र धारिलो हतियार प्रहार गर्ने उनकी श्रीमती सुमित्रालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प