२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा भारतीय मदिरासहित मोरङका प्रसाईं पक्राउ
भन्सार छलेर भित्र्याएको भारतीय मदिरासहित एकजना पक्राउ परेका छन् ।
शुक्रबार साँझ ६.३० बजे मेचीनगरको चारआली चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएकाे ओल्ड मन्क १६८ पिस र सिक्किम २००० लेखिएको ७२ पिस गरी जम्मा २ लाख ४० हजार मूल्य बराबरको मदिरासहित मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै गएराति मेचीनगर नगरपालिका ६ हनुमान मन्दिरमा अबैध रुपमा ल्याएर राखेको अन्दाजी १ लाख २ हजार ५०० मूल्य बराबरको उपभोग्य सामानहरु बेवारिसे अवस्थामा फेला परेको छ । ती सामान बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प