२०८३ जेष्ठ २४ गते , आईतबार
हल्दीबारीमा साढे चार लाख बढीको चोरी
झापाको हल्दीबारीमा साढे चार लाखभन्दा बढीको नगद र गरगहना चोरी भएको छ । हल्दीबारी –२ काजली चोक बस्ने एकल महिला तिलकुमारी सुवेदीको घरको पछाडिपट्टिको झ्याल फोडी चोरी भएको हो ।
सुवेदी विगत २०–२२ दिन अगाडी मोरङतर्फ गएको र घरमा कोही नभएको अवस्थामा घरभित्र रहेको नगद १५ हजार , सुनको सिक्री १ तोला, बेरुवा औँठी १ तोला, चुरा १ तोला गरी जम्मा ३ तोलासमेत गरी जम्मा ४ लाख ६५ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
हिजो बिहान १० बजे स्थानीय मानभक्त लिम्बूले चोरीको घटनाबारे प्रहरी चौकी हल्दीबारीमा जानकारी गराएका थिए । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प