२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको दमकमा सात जुवाडे पक्राउ
झापाको दमकमा ७ जना जुवाडे पक्राउ परेका छन् । गएराति मध्यरातमा दमक– १० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका –९ का चार जना, दमक १० का दुईजना र काठमाडौँ एक जना रहेका छन् । उनीहरूको साथबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४९० रुपैयाँ बरामद भएको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प