२०८३ बैशाख ५ गते , शनिबार

छोराको उपचारमा सबै सम्पत्ति सकिएपछि आर्थिक सङ्कटमा दर्जी परिवार, सहयोगको अपिल

sajilo news
झापा
२०८१ माघ १४ गते , सोमबार
छोराको उपचारमा सबै सम्पत्ति सकिएपछि आर्थिक सङ्कटमा दर्जी परिवार, सहयोगको अपिल

झापाको एउटा परिवारमा छोराको उपचारका क्रममा सबै सम्पत्ति सकिए पनि रोग निको नभएपछि  यतिवेला  परिवारमा आर्थिक सङ्कट आइपरेको छ । आर्थिक अवस्था कमजोर भएका भद्रपुर ७ तेली भिट्टाका दर्जी परिवारमा सङ्कट आइपरेको हो ।

बुबा डिगबहादुर नेपाली र आमा सङ्गीता नेपालीका दोस्रो सन्तानका रुपमा रहेका १३ वर्षीय हिमाल कार्की ढोलीलाइ मुटुसम्बन्धी जटिल प्रकारको रोगले थला पारेपछि रकम अभावका कारण उनी यतिवेला अस्पतालको शय्यामा छटपटाई रहेका छन् ।

जन्मिँदै मुटुमा समस्या देखा परेपछि दुई बर्ष उमेर भित्र दुई पटक शल्यक्रिया गरिएको बिरामीका बुबा नेपालीले बताए । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारका लागि वैदेशिक रोजगारीमा गएर ल्याएको रकम, दशधुर जग्गा र आफन्तको सहयोगबाट गरी २५ लाख रुपैयाँ उपचारमा सकिएको उनी बताउँछन् । अब विदेश जान पनि नसक्ने र कमाएर ल्याएको रकम पनि सबै उपचारमा सकिएपछि छोरालाई बचाइदिन हुन उनले अनुरोध गरेका छन् ।

डिगबहादुर नेपालीको नाममा राष्ट्रिय वाणिज्य बैङ्क भद्रपुरमा रहेको खाता नम्बर २२१०१०००३७५४५०१० मा आर्थिक सहयोग जम्मा गरिदिन हुन उनले सवैसँग अनुरोध गरेका छन् । हाल बिरामीलाई भक्तपुर स्थित गङ्गालाल हृदय केन्द्रमा राखिएको र चिकित्सकले ५ लाख रुपैयाँ उपचारमा लाग्ने बताएको उनले टेलिफोन मार्फत सुनाए । जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने भएकोले रकम जम्मा गर्न अस्पतालले भनेको उनले बताए । उपचार गराएर पुर्नर जन्म दिलाउन छोराले पनि बारम्बार भन्ने गरेको रुद्धै टेलिफोन मार्फत उनले पीडा सुनाए । मुटुमा प्वाल परेको र पाइप राखिए पनि पुनः समस्या देखा परेकोले थप शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाइलाई उद्धृत गर्दै उनले सुनाए । शल्यक्रिया पश्चातपनि बेला बेला चिकित्सकलाई चेक जाँच गराइरहे पनि पुनः समस्या देखा परेको उनको भनाई छ ।

केही दिन अघि भाइलाई अत्यधिक रगत उल्टी भएपछि प्रादेशिक अस्पताल भद्रपुर हुँदै बिर्तामोडको बिएण्डसीबाट रिफर लिएर गङ्गालाल हृदय केन्द्रमा लगिएको बिरामीका फुपुदिदी माया दर्नालले बताइन् । भाइको उपचारमा सबै सम्पत्ति सकिएपछि पछिल्लो पटक हुने शल्यक्रियामा रकम सहयोग गरिदिन हुन उनले डाको छाडेर रुद्धै सवैसँग अनुरोध गरेकी छन् । भाइ अस्पतालको शय्यामा रकम अभावका कारण छटपटाइ रहेकोले बिरामी भाइलाई बचाइदिन हुन उनले सहयोगको याचना गरेकी छन् ।

भएको सबै सम्पत्ति सकिएर खर्च अभावमा शल्यक्रिया हुन ढिलाइ भइरहेको छिमेकी भीष्म सापकोटाले बताए । आफ्नो सन्तान जस्तै सम्झिएर सकेको आर्थिक सहयोग गरेर बिरामीलाई बचाइदिन हुन भक्कानिँदै उनले सवैसँग अनुरोध गरेका छन् ।भद्रपुर लगायत स्थानीय सरकार ,धरानका मेयर हर्कराज साम्पाङ  र काठमाडौँका मेयर बालेन साहसम्म यो जानकारी गराइदिन हुन समेत परिवारले अनुरोध गरेका छन् ।    

सम्बन्धित समाचार