२०८३ जेष्ठ २४ गते , आईतबार

पाथीभरामा ‘नो केबलकार समूह’ का अगुवा मादेन पक्राउ

sajilo news
झापा
२०८१ माघ १५ गते , मंगलबार
पाथीभरामा ‘नो केबलकार समूह’ का अगुवा मादेन पक्राउ

पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ का अगुवा प्रदिप मादेनलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट आज उनलाई पक्राउ गरेको  हो।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुलहुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन्।

पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरिएको  छ। बन्दका कारण मेची राजमार्गका छोटो  तथा लामो दुरीको यातायात ठप्प  छ।

सम्बन्धित समाचार