२०८३ बैशाख ४ गते , शुक्रबार
रेडक्रस सोसाइटी महेशपुर उपशाखाको सभापतिमा पुनः शम्सेर तामाङ
नेपाल रेडक्रस सोसाइटी महेशपुर उपशाखाको सभापतिमा पुन: शम्सेर तामाङ सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिको निर्वाचनका लागि आज दर्ता हुने मनोनयन पत्रमा सभापति पदमा एक जनाको नाम परेपछि तामाङ निर्विरोध चयन भएका हुन् ।
सभापति लगायत सबै पदमा एक जनाको मात्र उम्मेदवारी परेको हुँदा उपसभापतिमा लक्ष्मी कार्की, सचिवमा भीमप्रसाद गुरागाईँ, कोषाध्यक्षमा सुधीर राजवंशी, उपसचिवमा नवीन दर्नाल, उपकोषाध्यक्षमा राजेन पौडेल, महिला सदस्यमा कृष्णमाया श्रेष्ठ चयन भएको निर्वाचन अधिकारी ओम प्रकाश गौतमले जानकारी दिए ।
यसैगरी अन्य सदस्यहरूमा क्रमशः मदनबहादुर बस्नेत, मनप्रसाद कोइराला , गोविन्दबहादुर खडका र इन्द्रमाया श्रेष्ठ चयन भएका हुन । यद्धपी निर्वाचनको परिणाम भने घोषणा हुन बाँकी रहेको गौतमले बताए ।