२०८३ जेष्ठ २४ गते , आईतबार
ब्राउन सुगरसहित मोरङका दम्पती पक्राउ
लागूऔषध ब्राउन सुगरसहित मोरङ शनिश्चरेका एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् ।
हिजो साँझ ५ः४० बजे मेचीनगर नगरपालिका-६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भुजेल दम्पतीलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प