२०८३ जेष्ठ २४ गते , आईतबार
नाबालिकालाई गर्भ बोकाउने भुजेल पक्राउ
नाबालिकालाई जवर्जस्ती करणी गरी गर्भ बोकाउने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राजकुमार भुजेल पक्राउ परेका छन् ।
गत कात्तिक १७ गते राति ओखलढुङ्गा साबिक ज्यामिरे गाविस-१ हाल सिद्धिचरण नगरपालिका-९ स्थित कुलबहादुर कार्कीको घरको तलामाथि झ्यालबाट आई भुजेलले १६ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडितले कराउन लाग्दा ललाइफकाइ भुजेलले जवर्जस्ती करणी गरेका थिए ।
पीडित नाबालिकाको महिनावारी रोकिएर पेटमा गर्भ रहेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भुजेललाई हिजो नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको , हाल प्रतिवादी र पीडित दुवैको यौनजन्य परीक्षणका जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प