"लाए माया तिमिलाई छानी..." लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन
गीतकार सत्यनारायण तायलको शब्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भई ओ एस आर डिजिटल युटुब च्यानलबाट गीत रिलिज भएको छ।
रेडियो नेपालकी गायिका पवित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको विमोचन भएको थियो। मारवाडी भाषामा गीत कविता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आउनु भएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारको दर्जनौँ गीतहरू रेकर्डिङ भई श्रोता दर्शकको माझ आइसकेका छन ।
गायक नीरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ। कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्मा को पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले विमोचन भएको गीतको बारेमा चर्चा परिचर्चा गर्नु भएको र गायिका पवित्रा ओली र यसै गीतका गायक नीरज पोखरेलले गीत प्रस्तुत गरेका थिए साथै उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार टंक विकल्प ,माधव पौडेल, ओम प्रकाश भट्टराई , गायक उमेश पाण्डे प्रदीप महतो,निमेष शिवाकोटी आदिको उपस्थिति रहेको थियो भने गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
भिडियो तलको लिंकमा