२०८३ जेष्ठ २४ गते , आईतबार
झापाको कान्तिपुर ट्रायल सेन्टरमा अर्कोको नाममा लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजना पक्राउ
झापामा अर्को व्यक्तिको नाममा मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवै जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा आइतबार सञ्चालन भएको ए.के वर्गको प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अवस्थामा दुवै जना पक्राउ परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । दुवै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प