बाख्राको मासुमा खसीको ‘अण्डकोष’ सिलाएर बेच्ने पक्राउ
वीरगन्जमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–१३ निवासी ४१ वर्र्षी हारुन मिँया अन्सारीरहेको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए।
प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचना प्रहरीलाई आएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासी गरेको खानतलासीका क्रममा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको उनले बताए। प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प