२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा लागू औषधसहित तीनजना पक्राउ
झापामा लागू औषधसहित तीनजना पक्राउ परेका छन् । गएराति १२ः१५ बजे अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा– ११ बस्ने अन्दाजी २९ वर्षीय मनिष प्रधान र सोही ठाउँका अन्दाजी ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो साँझ ५ बजे झापा गाउँपालिका-४ टाघनडुब्बामा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ पथरी शनिश्चरे-८ बस्ने २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान कार्य कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प