२०८३ जेष्ठ २४ गते , आईतबार
झापा गाउँपालिकामा ब्राउन सुगरसहित दुईजना पक्राउ
झापा गाउँपालिकामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका–५ पन्थपाडास्थित प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमदलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
मोटरसाइकल पछाडि सवार मे ३ प २०६६ नम्बरको मोटरसाइकल सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर प्लास्टिकसहित ५९० मिलिग्राम (प्लास्टिक बाहेक ३७० मिलिग्राम) फेला परेको थियो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प