२०८३ जेष्ठ २४ गते , आईतबार
ठमेल, गौशाला र सोह्रखुट्टेबाट ७ जना बंगलादेशी नागरिक पक्राउ
प्रहरीले सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले ठमेल, गौशाला र सोह्रखुट्टे क्षेत्रमा बसोबास गरिरहेका मोहम्मद अतिकुल इस्लामसहित सात जनालाई शुक्रबार पक्राउ गरेको हो।
शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरू भिसा अवधिपछि पनि गैरकानुनी तरिकाले बसिरहेको पाइएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र थप कारबाहीको लागि अध्यागमन विभाग कालिका स्थान पठाइएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प